Rule 14
केन्द्रको अनुगमनः
(१) ऐन तथा यस नियमावली बमोजिम केन्द्र सञ्चालन भए नभएको सम्बन्धमा राष्ट्रिय समितिले आवश्यकता अनुसार र जिल्ला समितिले कम्तीमा छ महिनाको एक पटक निरीक्षण र अनुगमन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण र अनुगमन गर्न खटिएको पदाधिकारीले अनुसूची–३ बमोजिमको ढाँचामा सम्बन्धित समितिसमक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ । जिल्ला समितिले आफूसमक्ष प्राप्त अनुगमन प्रतिवेदन राष्ट्रिय समितिमा पठाउनु पर्नेछ ।